धरान । नेकपा एमालेले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा ७०७ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। कमिटीको संयोजकमा केन्द्रीय सदस्य मञ्जु भण्डारी चयन भएकी छन् भने सहसंयोजकमा कोशी प्रदेशका पूर्वसभामुख प्रदीप भण्डारी रहेका छन्।
कमिटीको सचिवालयमा प्रदेश कमिटी सदस्य विजय राई, रमेश बस्नेत, मोतीराज सुनुवार, जयकुमार राई, प्रकाश राई, योग्यराज खड्का, लहरुमाया जिमी, सूर्यप्रकाश पन्धाक, भीमज्वाला राई र सुशिला पहाडीलगायत रहेका छन्। क्षेत्रीय कमिटी सचिव हरि पौडेल र धरान नगर अध्यक्ष हर्कजङ एभेङलाई सचिवको जिम्मेवारी दिइएको छ।
जनपरिचालन संयोजकको जिम्मेवारी पूर्वसांसद जयकुमार राईलाई दिइएको छ भने प्रचार–प्रसार संयोजक भीमज्वाला राईलाई तोकिएको छ। आर्थिक संयोजक सरोज श्रेष्ठ, कानुनी परामर्श संयोजक हेमराज सुवेदी, बुद्धिजीवी परिचालन संयोजक सूर्यप्रकाश पन्धाक, मुक्ति समाज परिचालन संयोजक सावित्रा परियार, अनेम संघ परिचालन संयोजक सुशिला पहाडी ढकाल तथा युवा परिचालन संयोजक दिवस वान्तवालाई जिम्मेवारी दिइएको छ।
प्रदेशसभा १ तर्फ संयोजक विवेक राई र सहसंयोजक कुमार भारती छन् भने प्रदेशसभा २ तर्फ संयोजक सन्तोष ओख्राबु र सहसंयोजक विजय लामा तोकिएका छन्। विद्यार्थी परिचालन संयोजक शेखर रेग्मी र सहसंयोजक सुनिल सुब्बा रहेका छन्।
घोषणापत्र तयारी समितिमा मुरारी सुवेदी, भीमज्वाला राई, योगराज खड्का, नन्दकुमार बस्नेत र इन्द्रकला राई छन्। एमालेले सुनसरी–१ मा विद्यार्थी नेता तथा जिल्ला कमिटी सदस्य टीकाराम लिम्बूलाई उम्मेदवार बनाएको छ।
यसैबीच बिहीबार धरान–११ मा वडा सम्पर्क कार्यालय स्थापना गरी घरदैलो अभियान सुरु गरिएको छ।




















