काठमाडौँ । मुस्ताङ जिल्लामा हिमपात भइरहेको कारण यात्रामा समस्या आउन सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय मुस्ताङले सावधानी अपनाउन आग्रह गरेको छ।
प्रहरीले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै आज बिहानदेखि मुक्तिनाथसहित उपल्लो मुस्ताङ क्षेत्रमा हिमपात भइरहेको र सडक अवरुद्ध भएकाले हाल सो क्षेत्रमा यात्रा नगर्न सम्पूर्ण यात्रु तथा सरोकारवालालाई अनुरोध गरेको जनाएको छ।
हिमपातपछि मुक्तिनाथलगायतका क्षेत्रमा पुगेका केही यात्रुहरू बाटोमै रोकिएका छन्। सडक खुलाउने प्रयास र घटनाबारे थप जानकारी संकलन भइरहेको प्रहरीले जनाएको छ।




















