भद्रपुर । झापाको कनकाई नगरपालिका–३, नयाँ बस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा बिहीबार (माघ १) बिहान सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । ११ जना घाइते छन् ।
मे१च ४५१५ नम्बरको मालवाहक गाडी र ना५ख २१४९ नम्बरको बस एकापसमा ठोक्किँदा पिकअपमा सवार भद्रपुर नगरपालिका–८ की ४० वर्षीया सुष्मा राजवंशी र उनका १८ महिनाका छोरा आरुतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
घाइतेको उपचार बिर्तासिटी र बीएन्डसी अस्पतालमा भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । दुर्घटनापछि फरार बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
मालवाहक गाडीका चालक बिर्तामोड नगरपालिका–६ का ३९ वर्षीय जाकिर हुसेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । (रासस)


















