काठमाडौं । राष्ट्रिय सभा सदस्य बलदेव बोहराको आज दिउँसो निधन भएको छ । उनको निधनको जानकारी पारिवारिक स्रोतले दिएको हो।
बोहरा केही समयदेखि कम्मरको शल्यक्रिया पश्चात् उपचाररत थिए । सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिकाका स्थायी बासिन्दा बोहराको ललितपुरस्थित महालक्ष्मीस्थान–इमाडोलमा निधन भएको हो ।



















