काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। पार्टीका मुख्य सचिव कृष्ण पौडेलका अनुसार बैठक भोलि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूका साथै सातै प्रदेशका सभापतिहरूलाई समेत सहभागी हुन निर्देशन दिइएको छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेसभित्र विवाद चुलिँदै गएको छ। उनीहरूद्वारा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र हाल जारी रहेको अवस्थामा केन्द्रीय कार्यसमिति बैठक बोलाइनुले पार्टीभित्रको आन्तरिक छलफल र रणनीतिमा महत्त्व राख्ने अपेक्षा गरिएको छ ।




















