काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको नमुना मतपत्र छपाइ सकिएको छ ।
भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा करिब १० लाख नमुना मतपत्र छापिएको निर्वाचन आयोगले जनाएको छ । नमुना मतपत्र निर्वाचन शिक्षा कार्यक्रममा प्रयोग गरिनेछ।
प्रत्यक्षतर्फ सेतो कागजमा रातो रङको नमुना मतपत्र छापिएको छ । समानुपातिकतर्फ सेतो कागजमा कालो रङको नमुना मतपत्र छापिएको आयोगले जनाएको छ ।
अब समानुपातिकतर्फको मतपत्र केही दिनमा नै छाप्न थालिनेछ । समानुपातिक मतपत्रमा ६४ दलका ५८ चिह्न रहनेछ । समानुपातिकतर्फ करिब दुई करोड मतपत्र छापिने आयोगले जनाएको छ । (रासस)




















