काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार रोहित पौडेलको कप्तानीमा विश्वकप खेल्ने १५ सदस्यीय नेपाली टोली सार्वजनिक गरेको हो।
घोषित टोलीमा शेर मल्ल पहिलोपटक सिनियर राष्ट्रिय टोलीमा समावेश भएका छन्। यस्तै, बसिर अहमद पनि विश्वकप टोलीमा स्थान बनाउन सफल भएका छन्।
तर, विश्वकप एसिया–इएपी छनोट चरणमा सहभागिता जनाएका कुशल मल्ल र मोहम्मद आदिल आलम भने अन्तिम टोलीमा अटाउन सकेनन्।
नेपाली टोलीले यसपटकको विश्वकपमा प्रतिस्पर्धात्मक र सन्तुलित प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
नेपालको अन्तिम टोली:
रोहित पौडेल (कप्तान),
दीपेन्द्रसिंह ऐरी,
कुशल भुर्तेल,
आसिफ शेख,
आरिफ शेख,
गुल्शन झा,
सन्दीप लामिछाने,
नन्दन यादव,
शेर मल्ल,
ललित राजवंशी,
करण केसी,
सोमपाल कामी,
बसिर अहमद,
लोकेश बम,
सन्दीप जोरा




















