विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारका क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३० बजे मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट खसेर ३४ वर्षीय अमित यादव गम्भीर घाइते भएका थिए। सप्तरीको राजविराज नगरपालिका–९, जगदरी घर भएका यादवलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो।
उपचारकै क्रममा आइतबार बिहान उनको मृत्यु भएको नोबेल शिक्षण अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिएका छन्। यादव सोही मेडिकल कलेजमा एमबीबीएस इन्टर्न डाक्टरका रूपमा कार्यरत थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

























