काठमाडौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत भदौ २४ गते आन्दोलनको मौका छोपेर भागेका दुई कैदीलाई पक्राउ गरेको छ ।
मानव बेचबिखन, अपहरण शरीर बन्धक डाका र सङ्गठित अपराध मुद्दामा सुन्धारा कारागारमा कैद भुक्तान गरिरहेका काठमाडौं टोखाका श्यामलाल डङ्गोल र नुवाकोट शिवपुरीका विनोद गौतमलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए ।
उपत्यकाका विभिन्न स्थानमा लुकीछिपी बसेको सुचनाको आधारमा उनीहरूलाई पक्राउ गरी सुन्धारा कारागारमा बुझाइएको छ । (रासस)

























