काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको २७ औँ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १२१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।
त्रिवि क्रिकेट मैदानमा शनिबारको दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२० रन बनाएको हो।
चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाए । उनले ४१ बलमा १ चौका र १ छक्का प्रहार गरे।
पहिलो विकेट अर्जुन साउद बोल्ड भएपछि १ रन पनि नजोड्दै २ विकेट गुमाएको हो। अर्जुन साउद १ रनमा बोल्ड भए। दोस्रो विकेट डेविड मलानको गयो । उनले ५ रन बनाए। तेस्रो विकेट रवि बोपारा १ रनमा क्याच भए। सैफ जैबले १७ रन बनाए।
कुशल मल्ल २३ रनमा क्याच भए। उनले अल्पेश रमजानीसँग छैटौं विकेटको लागि ३९ रनको साझेदारी गरे। अल्पेश रमजानी ३३ र कमल सिंह ऐरी २ रनमा अविजित रहे।
पोखरा एभेन्जर्सका लागि धनन्जय लक्सनले ३ विकेट लिए। विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले १–१ विकेट लिए।
यी दुवै टिमको यो अन्तिम लिग खेल हो। दुवै टिम प्लेअफबाट बाहिरिएका छन् ।

























