काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको १८ औँ खेलमा काठमान्डु गोर्खाजले कर्णाली याक्सलाई ५ विकेटले पराजित गरेको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले दिएको १५० रनको लक्ष्य पछ्याएको काठमान्डु गोर्खाजले १८ ओभरमा ५ विकेट गुमाउँदै १५५ रनसहित लक्ष्य पूरा गरेको हो।
यो काठमान्डु गोर्खाजको चौथो जित हो। यो जितसँगै काठमान्डु गोर्खाज प्लेअफको नजिक पुगेको छ।
कर्णाली याक्सको यो चौथो हार हो। यसले गत वर्ष प्लेअफमा स्थान बनाएको कर्णालीका लागि यो वर्ष अप्ठ्यारो बनाएको छ।
काठमान्डु गोर्खाजका लागि जेहारार्ड इरास्मसले सर्वाधिक ४३ रनमा अविजित रहे। उनले ३३ बलमा समान २ चौका र २ छक्का प्रहार गरे।
काठमान्डुको पहिलो विकेटको रूपमा आकाश त्रिपाठीको विकेट गयो। उनले ११ बलमा ८ रन बनाउँदै क्याच भए।
गोर्खाजले पावरप्लेमा १ विकेट गुमाउँदै ४६ रन जोडेको थियो।
दोस्रो विकेटको रूपमा वेन चाल्र्सवर्थले ३४ रन बनाउँदै पवन सर्राफको हातबाट बोल्ड भए। तेस्रो विकेट मिलिन्द कुमार १५ रनमा रनआउट भए।
चौथो विकेटका लागि जेहरार्ड इरास्मस र जोन सिम्पसनले ८६ रनको साझेदारी गरे। चौथो विकेट जोन सिम्पनसको गयो। उनले २१ बलमा ४ चौका र २ छक्का प्रहार गरे। पाँचौँ विकेट रसिद खान डकआउट भए। भिम सार्की ६ रनमा अविजित रहे।
कर्णाली याक्सका लागि एक मात्र विकेट नन्दन यादवले ३ विकेट लिँदा पवन सरार्फले १ विकेट लिए।
त्यसअघि, टस जितेर ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४९ रन बनाएको थियो।
कर्णाली याक्सका लागि गुल्सन झाले सर्वाधिक ४९ रनमा अविजित रहे। उनले २२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे।
प्रियांक पञ्चाल रोयल डकको रूपमा पेभेलियन फर्किए। उनी खेलको पहिलो बलमा करण केसीको बलमा कट एण्ड बोल्ड भए। दोस्रो विकेट विलियम वासिस्टो १ रनमा रनआउट भए।
१ ओभर सकिँदा कर्णाली याक्सको दुई विकेट गएको थियो।
तेस्रो विकेटको रूपमा मार्क वाट रन आउट भए । उनले ३० रन बनाए। चौथो विकेट पवन सर्राफ ३५ रनमा सन्तोष यादवको बलमा एलबीडब्ल्यू आउट भए। नजीबुल्लाह जद्रान १२ रनमा क्याच आउट भए। सोमपाल कामी ६ रनमा कट एण्ड बोल्ड भए।
सातौं विकेट दिपक डुम्रेको विकेट गयो। उनी १० रनमा बोल्ड भए। सातौं विकेटका लागि दिपक र गुल्सनले ५५ रनको साझेदारी गरे। नन्दन यादव १ रनमा अविजित रहे।
काठमान्डु गोर्खाजका लागि रासिद खानले २ विकेट लिए। करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले १–१ विकेट लिए।
काठमान्डुले यसअघि ३ जित र २ हार बेहोरेको छ। काठमान्डु गोर्खाजले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको थियो। दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँकग २९ रनले पराजित भएको थियो। तेस्रो खेलमा विराटनगर किंग्ससँग ५ विकेटको हार बेहोरेको काठमान्डुले चौथो खेलमा लुम्बिनी लायन्सलाई २२ रन र पाँचौँ खेलमा चितवन राइनोजलाई ५३ रनले हराएको थियो।
कर्णाली याक्सले यसअघिको ४ खेलमा कर्णाली याक्सले एक मात्र जित दर्ता गरेको छ। पहिलो खेलमा चितवन राइनोजसँग ४ विकेटले हारेको कर्णाली याक्सले दोस्रो खेलमा लुम्बिनी लायन्सलाई ९ विकेटले हराएको थियो। तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रन र चौथो खेलमा विराटनगर किंग्ससँग ३ विकेटले पराजित भएको थियो। सोमबार कुनैपनि खेल छैनन्।

























