काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गतको १७ औँ खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १५१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५० रन बनाएको हो।
पोखराका लागि ओपनर ब्याटर एडम रोसिङ्टनले सर्वाधिक ८१ रन बनाए। उनले ६३ बलमा ७ चौका र ५ छक्का प्रहार गरे। पाँचौं विकेटका लागि एडमले जिमी निशमसँग ९२ रनको साझेदारी गर्दै पोखराको स्कोर उकासेका थिए।
पोखराको पहिलो विकेटको रुपमा ओपनर ब्याटर दिनेश खरेलको विकेट गयो। उनले ११ बलमा १ चौकासहति ७ रन बनाएर क्याच भए।
पोखराको दोस्रो विकेटका रुपमा कप्तान कुशल भुर्तेल गोल्डेन डक भए। उनी दोस्रो पटक लगातार गोल्डेन डक भएका हुन्। उनी जनकपुर बोल्ट्ससँगको खेलमा पनि गोल्डेन डक भएका थिए।
पावरप्लेमा खराब सुरुवात पाएको पोखराका लागि तेस्रो विकेटको रुपमा सुमित बर्मा पनि डक आउट भए। तृतराज १ रनमा पेभेलियन फर्किदा पाँचौं विकेट एडम रोसिङ्टनको गयो ।
जिमी निसम ५१ रनमा अविजित रहे। उनले इनिङ्सको अन्तिम बलमा २ रन लिँदै अर्धशतक पूरा गरेका हुन्। उनले ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।
किरण ठगुना १ रनमा अविजित रहे।
लुम्बिनी लायन्सका लागि बलिङ तर्फ शेर मल्ल र तिलक राज भण्डारीले २–२ विकेट लिँदा गुल्बदिन नैबले १ विकेट लिए ।

























