काठमाडौं । अग्रज नेता मोहनविक्रम सिंहले जेन–जी आन्दोलन अमेरिकाद्वारा सञ्चालित रहेको बताएका छन् ।
शनिवार काठमाडौंमा जेन–जी आन्दोलनबारे आयोजित छलफल कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले अहिलेको सरकार जेन–जी आन्दोलनको परिणाम भए पनि आन्दोलन अमेरिकाबाट सञ्चालित रहेको बताए । अमेरिकासँग सम्बन्धित व्यक्तिहरु नै सरकार बनाउने खेलमा सक्रिय रहेको उनको भनाइ छ ।
जेन–जी आन्दोलनको परिणाम र एनजिओ, आइएनजीओसँग सम्बन्धित व्यक्तिहरु अहिलेको सरकारमा रहेको बताए । विभिन्न पछिल्ला गतिविधिहरुले उनीहरुको चरित्रलाई उदांगो बनाइदिएको उल्लेख गरे ।
नेता सिंहले कुनै पनि देशको राजनीतिमा मूल भुमिका राजनीतिक दलहरुले नै खेल्ने बताए ।
























