काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौ गुर्खाज विरुद्ध १४८ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको हो ।
सुरुवातमा ब्याटिङमा खराब देखिएको सुदूरपश्चिमको ब्याटिङलाई मध्यक्रमका ब्याटर हर्मित सिंहले उकासेका हुन् । आजको खेलमा अर्धशतक प्रहार गरेका उनले २० बलमा २ चौका र ६ छक्काको सहयोगमा ५३ रन जोडे ।
हर्मितले थोरै बलको सहायतमा अर्धशतक प्रहार गरे । उनकै बलियो ब्याटिङले सुदूरपश्चिम मध्यम लक्ष्य प्रस्तुत गर्न सफल भएको हो ।
दीपेन्द्रसिंह ऐरीको पनि ब्याटिङ राम्रै चल्यो । उनले ३० बलमा तीन चौका र १ छक्काको सहयोगमा ३९ रन जोडे ।
१० ओभरमा पुग्दा ५ विकोटको क्षतिमा ५९ रनको दयनीय अवस्थमा रहेको हिर्मित र दीपेन्द्रले नै ब्याटिङ उकासेका हुन् ।
आरिफ शेखले भने २४ बलमा २५ रन जोडे ।
सुदूरपश्चिमका अन्य ब्याटरहरुको प्रस्तुती सम्झन लायक बनेन ।

























