काठमाडौं । नेकपा (एमाले)ले पार्टी छाडेर अन्य दलमा लागेका नेतालाई पुनः पार्टीमा स्वागत गर्दै ‘घर फर्क राष्ट्रिय अभियान’ सुरु गरेको छ।
राष्ट्रिय सभा गृहमा सोमबार आयोजित विशेष समारोहका बीच एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीबाट फर्किएका नेतृ रामकुमारी झाँक्री र नेता किसान श्रेष्ठलाई पार्टीको झण्डा प्रदान गर्दै पार्टीमा स्वागत गरेका हुन्।
कार्यक्रममा एकीकृत समाजवादीमा लागेका नेताले प्रतीकात्मक रूपमा सो पार्टीको चुनाव चिन्ह ‘कलम’ अध्यक्ष ओलीलाई बुझाएका थिए।
यस्तै कार्यक्रममा १३० जना जेनजी एमालेमा प्रवेश गरेका छन् ।

























