काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । कांग्रेस नेता एवम् पूर्वमन्त्री मोहम्मद अफताव आलमको आज बिहान निधन भएकाले शोक प्रस्ताव पारित गर्न बैठक बोलाइएको हो।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेसले शनिबार दिउँसो १ बजेका लागि कार्यसमितिको आकस्मिक बैठक बोलाएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई बोलाएको पौडेलले बताए। अन्तिम दाहसंस्कारका लागि शव गृहजिल्ला रौतहटको राजपुरतर्फ लगिसकिएको पारिवारिक स्रोतले जनाएको छ।

























