काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घटेका घटनाहरूको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित तीनजनाविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
अदालतका उपरजिष्ट्रार निराजन पाण्डेका आयोगका अध्यक्ष कार्कीसहित सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध परेको रिट दर्ता भएको छ ।
जेनजी आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिनका लागि सरकारले पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।
तर, छानबिनको विषयसँग सम्बन्धित धारणा पहिले नै सार्वजिक गरेको र पूर्वाग्रही देखिइसकेकाले उनीहरूको अनुसन्धानबाट घटनाको सत्यतथ्य बाहिर नआउने जिकिर रिट निवेदकको छ ।
जेनजी प्रदर्शनका क्रममा जनधनको ठूलो क्षति भएको छ ।

























