काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा सिंगापुर प्रस्थान गरेका छन् । सोमबार राति १० बजे सिंगापुर एयरलाइन्सबाट देउवा दम्पती थप उपचारका लागि सिंगापुर गएका हुन् ।
गत भदौ २४ जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका देउवाले छाउनीस्थित सैनिक अस्पतालमा उपचार गराएका थिए।
प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका देउवाको गर्धनमा १२ टाँका लगाइएको थियो। आज थप उपचारका लागि देउवा दम्पती सिंगापुर गएको कांग्रेसले जनाएको छ।
जेनजी आन्दोलनमा कुटपिट भएपछि असोज २८ गते पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए।

























