काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री ओमप्रकाश अर्यालको व्यक्तिगत दुस्मनी आफूमाथि देखिएको बताएका छन् । बुधबार भक्तपुर बालकोटस्थित आगजनी गरिएको आफ्नो घर अवलोकनपछि प्रतिक्रिया दिँदै उनले बताएका हुन् ।
अहिलेसम्म अपराधीलाई कारबाही गर्न सरकारले नमानेको भन्दै अध्यक्ष ओलीले अपराधीलाई छोड्न गृहमन्त्रीले आदेश दिएको समेत बताए । गृहमन्त्री अर्यालले सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा उनको उद्देश्य देखिएको उनको भनाइ छ ।
सरकारको मनोभाव तोडफोड र लुटपाटको पक्षमा भएको भन्दै अध्यक्ष ओलीले मर्का परेका र क्षति पुगेकाप्रति सरकारको दुस्मनी रहेको भन्दै आफूमाथि दुश्मनी रहेको बताए ।
उनले आफूलाई सरकारमाथि गम्भीर आशंका भएको बताएका छन् । सरकारले जेन-जी भनिएकाहरूलाई सरकारले आफैँ बोलाएर आफूहरूमाथि कारबाहीको लागि दबाब दिन लगाएको समेत बताए ।

























