काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरण’ले पदबाट स्वैच्छिक राजीनामा दिएका छन् । ८० वर्षीय वैद्यले स्वास्थ्य लगायतका कारण देखाउँदै महासचिव पद छाड्ने निर्णय गरेका हुन् ।
उनको राजीनापछि पार्टीले केन्द्रीय निर्णयमार्फत नेता सीपी गजुरेललाई नयाँ महासचिवको जिम्मेवारी दिएको छ ।
२०६९ सालमा पुष्पकमल दाहाल नेतृत्वको माओवादी पार्टीबाट अलग हुँदै मोहन वैद्यको नेतृत्वमा नयाँ पार्टी ‘नेकपा–माओवादी’ गठन गरिएको थियो ।
२०७९ साल मंसिरमा सम्पन्न एकता महाधिवेशनबाट गठित क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा वैद्य चयन भएका थिए ।
























