चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको गाइघाटमा सातवटा सवारी एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ । एउटा ट्रले बसलाई ठक्कर दिएपछि पछाडिका अन्य गाडीहरू पनि सोही ट्रक र बसमा ठोक्किएका थिए ।
दुर्घटनामा बसमा चेपिएका चालकसहित छ जनाको उद्धार गरी उपचारका लागि चितवन पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

























