काठमाडौं । विभिन्न सरकारी कार्यालयमा “जेनजी” भन्दै धम्क्याउने २६ वर्षीय अर्जुन शाहीलाई काठमाडौंको कोटेश्वरबाट बुधबार पक्राउ गरिएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईका अनुसार शाही विभिन्न अपराधिक मुद्दामा फरार रहेको अवस्थामा पक्राउ गरिएको हो र उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
अछामको पञ्चदेवल–विनायक नगरपालिका वडा नं. ४ घर भएका शाहीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई धम्क्याउँदै राजीनामा मागेका थिए । साथै, अख्तियार र नेवानी कार्यालयमा पनि ज्ञापन पत्रसहित राजीनामा माग्न पुगेका थिए ।
उनले सुशीला कार्कीको शपथ ग्रहण समारोहको क्रममा शीतल निवासमा पनि जेनजीका सहसंयोजक बनेर प्रवेश गरेका थिए । इलाम–२ को उपचुनावमा उठेका शाहीले जम्मा ५५ मत मात्र पाएका थिए ।
फरार शाहीमाथि बैंकिङ कसुर, वैदेशिक रोजगार ठगी लगायतका विभिन्न आपराधिक मुद्दा दर्ता थिए ।
























