काठमाडौं । भदौ २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगले जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको विवरण पठाउन अनुरोध गरेको छ। आयोगका सदस्य एवं प्रवक्ता विज्ञान राज शर्माले विज्ञप्ति जारी गर्दै राजनीतिक दल, संघसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण पठाउन अनुरोध गरेको हो।
विज्ञप्तिमा भनिएको छ,ʻप्रदर्शनका क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा राजनीतिक दल, संघसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण तपसिल बमोजिमको ढाँचामा आयोगको इमेल ठेगाना [email protected] मा पठाउनुहुन साथै घटनालाई पुस्ट्याइँ गर्ने प्रमाणहरू जस्तै श्रव्यदृश्य, फोटो र कागजातहरू भए सो समेत यस आयोगमा उपलब्ध गराउन हुन अनुरोध गरिन्छ।ʼ
यस्तै हुलाकमार्फत पनि क्षतिको विवरण पठाउन सकिने आयोगले जनाएको छ। हुलाकबाट पठाएको क्षतिको विवरणको सफ्टकपी आयोगको इमेल ठेगानामा अनिवार्य पठाउनु आयोगको अनुरोध छ ।

























