काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपालले युएईविरुद्धको पहिलो खेलमा पहिला ब्याटिङ गर्ने भएको छ।
नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन्।
नेपालले सोमबार कतारविरुद्ध, बुधबार ओमानविरुद्ध र असोज ३१ गते (शुक्रबार) सामाओविरुद्ध अन्तिम खेल खेल्ने तालिका रहेको छ।
यस चरणमा रहेका नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष तीन टोलीले आगामी सन् २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान बनाउन सक्नेछन्।
नेपालको प्लेइङ-११:
रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, गुलशन झा, नन्दन यादव, ललित राजवंशी र सोमपाल कामी ।

























