काठमाडाैं । आइसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगितामा नेपालले सुपर सिक्स चरणमा प्रवेश गरेको छ।
समूह ‘बी’ अन्तर्गत बिहीबार भएको खेलमा जापानले कुवेतलाई ५ विकेटले पराजित गरेसँगै नेपाल र जापान दुबै टोलीले अन्तिम छ टोली (सुपर सिक्स) मा आफ्नो स्थान सुरक्षित गरेका हुन्।
यसअघि बुधबार नेपालले कुवेतमाथि ५८ रनको फराकिलो जित निकालेको थियो।
अब नेपाल र जापानबीच भोलि समूह चरणको अन्तिम खेल खेलिनेछ, जसले समूह विजेता टुंगो लगाउनेछ ।

























