काठमाडौं । टी–२० सिरिजको फाइनलमा मलेसियाले नेपाललाई १०४ रनको चुनौती दिएको छ ।
घरेलु मैदान वायुमास ओभलमा बुधबार बिहान टस जितेर सुरुमा ब्याटिङ गरेको मलेसियाले ६ विकेटको क्षतिमा १०३ रन बनाएको हो । विन्डर डानियाले ४० रन बनाउँदा माहिरा इज्जाइले १९ रन बनाइन् ।
मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि राजमती ऐरीले तीन विकेट हात पारिन् भने कविता कुँवरले दुई विकेट लिइन् । ऐरीले तीन ओभर बलिङ गर्दै १५ रन खर्चिएर तीन विकेट लिएकी हुन् ।
कुँवरले चार ओभर बलिङ गर्दा १६ रन दिएर दुई विकेट हात पारेकी हुन् । नेपालका लागि अर्को एक विकेट रचनाकुमारी चौधरीले हात पारिन् ।
अहिले नेपालले जवाफी ब्याटिङ गर्दैछ ।

























