काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुले काठमाडौं महानगरपालिका मेयर बालेन शाह र जेनजी अभियन्ता सुधन गुरुङविरुद्ध कानुनी कारबाहीको माग गर्दै प्रहरीमा निवेदन दर्ता गरेको छ ।
अखिलका महासचिव दीपक धामीको नेतृत्वमा पुगेको टोलीले प्रहरीमा निवेदन पेश गर्दै राष्ट्रिय धरोहरमा आगजनी, दण्डहीनतालाई प्रश्रय दिने कार्य भएको भन्दै तत्काल कानुनी दायरामा ल्याउन माग गरेको हो ।
प्रहरीले २४ घण्टाभित्र जाहेरी दर्ता गर्ने वा नगर्ने निर्णय गरी अखिललाई जानकारी दिने प्रतिबद्धता जनाएको छ । सो टोलीसँगै परिसर गएको अखिलका पूर्वअध्यक्ष समीक बडालले प्रहरीले जानकारी नदिएमा थप आन्दोलन र कानुनी उपचारका कदम चाल्ने बताए ।

























