काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरणअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको उपचार भइरहेको छ ।
सिभिल अस्पतालमा एकजना, राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा तीनजना, त्रिवि शिक्षण अस्पतालमा पाँचजना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीनजना, नेपाल प्रहरी अस्पतालमा एकजना र कीर्तिपुर अस्पतालमा एकजना उपचाररत छन् ।
यसैगरी, बीएन्डबी अस्पतालमा तीनजना, विराट मेडिकल शिक्षण अस्पतालमा एकजना, नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा एकजना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना गरी कुल ३० जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले विभिन्न स्वास्थ्य संस्था तथा प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूसँग सम्पर्क एवं समन्वय गर्दा प्राप्त पछिल्लो विवरण सार्वजनिक गरेको हो ।
मन्त्रालयका अनुसार, उपचारका लागि आएका घाइतेहरूको संख्या दुई हजार ३१६ रहेको छ । जसमध्ये उपचारपपछि दुई हजार २३८ जना ‘डिस्चार्ज’ भइसकेका छन् ।
त्यसैगरी, अस्पतालमा आएका/मृत्यु भएका कुल संख्या ४९ रहेको छ । अस्पतालहरूमा २०८२ असोज १२ गतेदेखि हालसम्म जेनजी क्लिनिकमार्फत सेवा प्राप्त गरेका घाइतेहरूको संख्या भने नौ छ । (रासस)

























