काठमाडौं । आज बिहानसम्म पनि काठमाडौंबाट लामो दुरीका गाडीहरुलाई गन्तव्यमा जान रोक लगाइएको छ ।
काठमाडौं उपत्यकाको अवस्था सामान्य रहेपनि उपत्यका बाहिर जाने सडक अझै सामान्य भइनसकेकाले लामो दुरीका गाडी सञ्चालनमा रोक लगाइएको हो । यातायात व्यवसायीहरुलाई तत्काल टिकट बुकिङ गर्नसमेत रोक लगाइएको छ ।
वर्षा, बाढी र पहिरोका कारण सरकारले असोज १८, १९ र २० गतेसम्म सवारी साधनमार्फत् काठमाडौं उपत्यका आउजाउ गर्न रोक लगाउने निर्णय गरेको थियो ।

























