काठमाडौं । नेपालीको महान पर्व बडादसैंमा काठमाडौं उपत्यका सडकमा सवारीको चाप घटेको छ। दसैं-तिहार मनाउन सर्वसाधारण गाउँ फर्किएपछि काठमाडौंका बिहानैबाट सडक सुनसान देखिएको हो।
आज महानवमीको दिन केही मात्रामा मात्रै सर्वसाधारणहरु सडकमा देखिएका छन्। ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका मुख्य सडक अहिले खाली छन् ।
उपत्यका छाड्ने सवारीसाधन भने फाट्टफुट्ट देखिएका छन्। सडकमा हिँड्डुल गर्ने मानिस फाट्टफुट्ट मात्रै देखिएका छन् । किनमेलका पसलहरु अधिकांश बन्द छन् ।
काठमाडौंमा मानिसहरुको खचाखच हुने न्युरोड, असन, एनएसी, भद्रकाली, बानेश्वरलगायतका ठाउँहरुमा पसलहरु बन्द छन् ।
























