काभ्रे । नमोबुद्ध नगरपालिकाका पूर्वमेयर टंकप्रसाद शर्माको निधन भएको छ । मंगलबार बिहान उपचारको क्रममा उनको धुलिखेल अस्पतालमा निधन भएको हो ।
शर्मा साउन १० गते नमोबुद्धस्थित बीपी राजमार्गमा दुर्घटनामामा स्कुटर दुर्घटना हुँदा गम्भीर घाइते भएका थिए ।
भकुण्डेबेसिबाट काठमाडौंतर्फ जाँदै गरेको बा ६२ प ३५७८ नं.को स्कुटरले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०३-०२-००७ प ८८०० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
























