चितवन । सुक्खा पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडकखण्ड शुक्रबार साँझबाट अवरुद्ध छ । इच्छाकामना गाउँपालिका – ५ स्थित तुइन खोला नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको हो।
लगातार पहिरो खसेका कारण सफा गर्न नमिलेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन्द्र खनालले बताए । बिहान साढे ६ बजेसम्म पनि ढुङगासहितको पहिरो खस्ने क्रम जारी छ । समय समयमा फाटफुट ढुङ्गाहरु झरिरहेको कारण पहिरो हटाउन कठिन भएको हो । पहिरो झर्ने क्रम रोकिए तीन वटा मेसिन प्रयोग गरेर पहिरो पन्छाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।
राती ठूलो पहिरो खसेपछि पहिरो हटाउन समय लागेको हो । सवारीसाधनको जामका कारण काठमाडौं पोखरा रुटका साधन समेत प्रभावित भएका छन् ।

























