काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकार विस्तारका क्रममा रहेका बेला गृहमन्त्रीका रुपमा नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलको नाम चर्चामा रहेको छ ।
गृहमन्त्रीमा धेरैको नाम चर्चामा आए पनि अहिले मुलुकमा सुशासन, भ्रष्टाचारमुक्त समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने एकमात्र कमाण्डर एवं भ्रष्टाचारविरुद्धका एकमात्र अभियन्ता खरेल हुन् । उनी नै मुलुकलाई निकास दिन सक्षम व्यक्ति रहेकोमा कुनै दुईमत छैन ।
अहिले मुलुकलाई भ्रष्टाचारमुक्त गर्ने उनी नै एकमा उपयुक्य पात्र हुन् । उनले विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी अधिकृत कुलमान घिसिङले गरेका भ्रष्टाचारका फाइल खोली राष्ट्रियकरण गर्नुपर्ने धारणा विगतदेखि नै राख्दै आएका छन् ।
अहिलेको मुलुकको विषय परिस्थितिमा खरेल गृहमन्त्री बनेमा सुशासन र भ्रष्टाचारमुक्त राष्ट्र निर्माणमा अहं भूमिका निर्वाह गर्न सक्नेमा आमनेपाली विश्वस्त देखिन्छन् ।
सम्पूर्ण नेपालीको चाहनाबमोजिम भ्रष्टाचारविरुद्धका अभियन्ता, गुण्डागर्दी नियन्त्रणमा सक्षम, सम्पूर्ण सुरक्षा संयन्त्रलाई नजिकबाट हेरेका, भोगेका र अनुभवी खरेललाई गृहमन्त्री बनाउँदा देश र जनताको भलो हुनेमा कुनै संशय छैन ।

























