काठमाडौं । देशको पछिल्लो विषम परिस्थितिलाई राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर निकास दिनका लागि आफूले प्रयास गरिरहेको बताउनुभएको छ ।
उहाँले एक वक्तव्य जारी गरेर यस्तो बताउनुभएको हो ।
‘देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु,’ उहाँले वक्तव्यमा उल्लेख गर्नुभएको छ ।

























