काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको ललितपुरस्थित घरमा एक पुरुषको शव फेला परेको छ ।
मंगलबार जेन-जी आन्दोलनको क्रममा ललितपुर महानगरपालिका–२६ सुनाकोठीमा रहेको गंगा दाहालको घरमा आगजनी गरिएको थियो । ललितपुरका एसपी श्यामकृष्ण अधिकारीका अनुसार जलेको अवस्थामा शव भेटिएको हो भने मृतकको पहिचान अझै खुल्न बाँकी छ ।
























