काठमाडौं । प्रधानसेनापति अशोक सिग्देल आन्तरिक छलफलमा जुटेका छन्। स्रोतका अनुसार जेन्जीसँग वार्ता गर्नका लागि नेपाली सेनाको मुख्यालयमा प्रधानसेनापति सिग्देलले आन्तरिक छलफल अघि बढाएका छन्।
उनले विद्यमान परिस्थिति र आगामी रणनीति तय गर्न मुख्यसचिव एकराज अर्याल, गृह सचिव, सेना तथा सुरक्षा निकायका उच्चअधिकारीका बीचमा निरन्तर छलफल गरिरहेका छन् । उनीहरुले जेन्जीसँग पनि वार्ता गर्ने तयारी गरिरहेको स्रोतको भनाई छ। अहिले आन्दोलनरत जेन्जीको समूहका नेतृत्व वार्तामा पुगे/नपुगेको भने खुल्न सकेको छैन।
मंगलबार नै सिग्देलले आन्दोलरत पक्षलाई वार्तामा आउन आह्वान गरेका छन्। उनले भिडियो वक्तव्य जारी गरेर आन्दोलन स्थगित गरेर वार्तामा आउन आह्वान गरेका हुन् ।
























