काठमाडौं । जेनजी आन्दोलनमा प्रहरीले गरेको दमनप्रति आक्रोशित भीड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवाससम्म पुगेको छ ।
प्रहरीले रोक्ने प्रयास गरे पनि प्रदर्शनकारी बुढानीलकण्ठस्थित देउवा निवासको गेटमै पुगेका हुन् । उनीहरूले ढुंगामुढा र नाराबाजी गरेका छन् ।
यता, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा पनि आन्दोलनकारीले तोडफोड गरेका छन् ।
सोमबार भएको आन्दोलनमा प्रहरी दमनका कारण १९ जनाको ज्यान गएको घटनापछि देशभरै प्रदर्शन चर्किएको हो ।



















