काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा जेनजी प्रदर्शनकारीहरू भेला हुन थालेका छन्। विभिन्न स्थानबाट आएर भेला भएका उनीहरू प्रदर्शनको तयारीमा जुट्दैछन्।
सोमबार सेनाले कब्जामा लिएको उक्त क्षेत्रमा जेनजीहरू स्वस्फूर्त रुपमा भेला हुन थालेका हुन्। अन्य विभिन्न स्थानमा पनि जेनजीहरूले प्रदर्शन सुरू गरेको खबर प्राप्त भएका छन्।
सामाजिक सञ्जामा प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सोमबारदेखि सुरू भएको आन्दोलनमा १९ जनाको मृत्यु भएको छ। सयौं घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
प्रदर्शनका क्रममा काठमाडौंमा १७ जना र उपत्यका बाहिर २ गरी १९ जनाले ज्यान गुमाइसकेका छन्। सोमबार प्रदर्शनका क्रममा संसद भवन छिरेपछि जेनजीहरूमाथि प्रहरीले गोली चलाएको थियो। जेनजी प्रदर्शनलाई मध्यनजर गर्दै काठमाडौं,ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ।



















