काठमाडौं । जापानी अतिक्रमणविरूद्धको संघर्ष र विश्व फासिवादविरूद्धको युद्धमा प्राप्त विजयको ८०औँ वार्षिकोत्सवको अवसरमा चीनको राजधानी बेइजिङमा एक भव्य सैन्य परेड भएको छ।
थ्येनआनमन चोकमा आयोजित यस ऐतिहासिक समारोहमा चिनियाँ जनताको वीरता र संघर्षको स्मरण गरियो। कार्यक्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङले विशेष सम्बोधन गर्दै सेना निरीक्षणसमेत गरे ।
उक्त समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसहित २६ देशका राष्ट्र वा सरकार प्रमुखहरूको सहभागिता रहेको छ।

























