काठमाडौं । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी कृषि समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस गरिएको छ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले उक्त प्रतिवेदन पेस गरेकी हुन्।
विधेयकमा प्रचलित कानुनबमोजिम घरजग्गा व्यवसाय गर्न अनुमति प्राप्त कम्पनीहरूले हदभित्रको जग्गा बिकास गरि घडेरीमा घर वा अपार्टमेन्ट निर्माण गरि बिक्री गर्नसक्ने व्यवस्था उल्लेख गरिएको उनले बताइन्। त्यस्तै भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्नसमेत कानुनी व्यवस्थाका साथ विधेयकलाई अघि बढाइएको सभापति थापाले जानकारी दिइन् ।
यसअघि बिहीबार बसेको समिति बैठकले उक्त विधेयकलाई पारित गरेको थियो। विधेयकमा माओवादी र रास्वपा सांसदहरूले असहमति जनाएका थिए ।

























