काठमाडौं, साउन २५ । नेकपा (एकीकृत समाजवादी) ले भदौको पहिलो साता तय गरिएको केन्द्रीय कार्य समिति बैठक २० दिनपछि सारिएको छ। पार्टीले चाडपर्वलाई ध्यानमा राख्दै बैठकको मिति पछि सारेको जनाएको छ ।
पार्टीका महासचिव घनश्याम भूसालले शनिबार दिउँसो एक सूचना जारी गर्दै स्थायी कमिटी बैठक भदौ ४ गते, पोलिटब्यूरो बैठक भदौ ५ गते र केन्द्रीय कार्य समिति बैठक भदौ ७–८ गते बस्ने जानकारी दिएका थिए ।
तर सोही रात पुनः अर्को सूचना जारी गर्दै बैठक सारिएको जानकारी दिइएको छ। नयाँ तालिका अनुसार भदौ २७ गते स्थायी कमिटी, २६ गते पोलिटब्यूरो र २७–२८ गते केन्द्रीय कार्य समिति बैठक बस्ने प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए।
पार्टीका उपाध्यक्ष ज्वालाका अनुसार, “चाडपर्वको व्यस्तता र तयारीलाई मध्यनजर गर्दै बैठक सारिएको” हो।
नयाँ कार्यतालिका
स्थायी कमिटी बैठक: भदौ २५
पोलिटब्यूरो बैठक: भदौ २६
केन्द्रीय कार्य समिति बैठक: भदौ २७–२८
























