काठमाडौं । उच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि २७ जनाको नाम सिफारिस गरिएको छ। न्याय परिषदको बिहीबार बसेको बैठकले उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो।
न्याय परिषद्का अनुसार यमबहादुर बुढामगरलाई उच्च अदालत जुम्ला, गोपालप्रसाद बास्तोलालाई उच्च अदालत पाटन, गिरिराज गौतमलाई उच्च अदालत महेन्द्रनगर, युवराज गौतमलाई उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगा, तेजनारायण पौडेललाई उच्च अदालत बुटवल, प्रकाश ढुंगानालाई पाटन, दीपककुमार खरेललाई पाटन, शिवबहादुर रानाभाटलाई पाटन, कमलप्रसाद पोखरेललाई जनकपुर, दिलबहादुर केसीलाई उच्च अदालत तुल्सीपुरको नेपालगन्ज इजलास, र बासुदेव न्यौपानेलाई पाटनमा नियुक्तिसँगै पदस्थापन गरिएको छ।
त्यस्तै प्रकाशचन्द्र अधिकारीलाई दिपायल, केशवप्रसाद अधिकारीलाई पाटन, रमेशप्रसाद ज्ञवालीलाई पाटन, उद्धवप्रसाद भट्टराईलाई उच्च अदालत विराटनगरको धनकुटा इजलास, दीपक खनाललाई पाटन, अवनी मैनाली भट्टराईलाई पाटन, खड्गराज अधिकारीलाई दिपायल, शंकर खत्रीलाई वीरगन्ज इजलास, अच्युत कुइँकेललाई पाटन, कोमलबहादुर खत्रीलाई सुर्खेत, शर्मिला थापा विष्टलाई हेटौंडा इजलास, प्रतापसिंह ठकुराठीलाई बुटवल इजलास, बालकृष्ण गैरेलाई बाग्लुङ इजलास, निशा बानियाँलाई बुटवल इजलास, श्यामकुमार विश्वकर्मालाई दिपायल र अरुणकुमार पंजियारलाई ओखलढुंगा इजलासमा पदस्थापन गरिएको न्याय परिषद्ले जनाएको छ ।

























