काठमाडौं, साउन १९ । नेकपा एमालेकी सचेतक सुनिता बरालले बहुविवाहसम्बन्धी बढ्दो चर्चाको विषयमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरासियासँग जवाफ माग गरेकी छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै बरालले बहुविवाहजस्तो गम्भीर विषयलाई लिएर सरकारको धारणा स्पष्ट हुनुपर्ने बताइन्।
“बहुविवाह नेपाली समाजमा सामाजिक दृष्टिले अस्वीकार्य छ भने कानुनी हिसाबले गैरकानुनी कार्य हो,” उनले भनिन्, “यस्तो संवेदनशील विषयमा कानून निर्माणको प्रक्रिया अघि बढ्दा अहिले उठिरहेको चर्चाको वास्तविकता के हो?”
उनले वर्तमान बहसको पृष्ठभूमिमा सरकारको नीति र योजना के हो भन्ने स्पष्ट पार्न आग्रह गर्दै कानूनमन्त्रीको जवाफ माग गरिन्।
बरालको भनाइले बहुविवाहसम्बन्धी विषयलाई लिएर सार्वजनिक चासो र सरोकार औपचारिक रूपमा संसदमा उठेको संकेत गरेको छ।
























