काठमाडौं । नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चाको बैठक मंगलबार बसेको छ ।
नेकपा (एकीकृत समाजवादी) को मुख्यालयमा बसेको बैठकमा मोर्चालाई सक्रिय बनाउने र कार्यक्रम ल्याउनेबारे छलफल नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले बताएका छन् । बैठकमा मोर्चा निस्क्रिय भएको विषयमा नेताहरूले आत्मालोचना गरेका उनले बताए ।
अब निर्मतापूर्वक गल्ती र कमजोरी सच्याएर देश र जनताको हितमा समाजवादी कार्यक्रम ल्याउने कुरा भएको उनले बताए ।
अहिले देशमा व्यापक निराशा र आक्रोश बढेकाले सबै आक्रोशलाई सम्बोधन गर्नेगरि कार्यक्रम ल्याउने सहमति भएको उनले बताए । मोर्चाले भदौ अन्तिमबाट नयाँ र सशक्त कार्यक्रम लिएर जिल्ला जाने पनि उनले बताए ।
मोर्चाका नेताहरूले विगतको निष्क्रियता स्वीकार गर्दै अब भदौ अन्तिमदेखि देशव्यापी सशक्त कार्यक्रम ल्याउने घोषणा गरेका छन्। मोर्चाको सदस्यसमेत रहेका नेत्रविक्रम चन्द विप्लवले तीव्र असन्तुष्टि जनाएका बेला बैठकमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले विगतका गल्ती सच्याउने बताएका थिए ।
दुवै नेताले मोर्चा निष्क्रिय हुनुमा आत्मआलोचना गर्दै विप्लवलाई फकाएका थिए । विप्लव नेतृत्को नेकपा नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले बैठकमा मोर्चाको निष्क्रियता, प्रभावहीनता, नेतृत्वको व्यस्तता र सांगठनिक कमजोरीबारे आत्मालोचना भएको छ। अब ‘निर्ममतापूर्वक गल्ती र कमजोरी सच्याएर’ देश र जनताको पक्षमा स्पष्ट कार्यदिशासहित अघि बढ्ने निष्कर्षमा बैठक पुगेको उनले बताए ।
























