काठमाडौं । विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै आएका विपक्षी दलहरूले संसद अवरुद्ध पारेपछि बैठक स्थगित भएको हो।
सभामुख देवराज घिमिरेले आइतबारको कार्यसूची हटाएर बैठक स्थगित गरेका थिए। संसद सुरू हुनेवित्तिकै विपक्षी दलहरूले हो-हल्ला गर्दै संसद अवरुद्ध पारेका थिए। सभामुखले दलीय आधारमा बोल्न दिने आग्रह गरे पनि विपक्षी दलले अडान कायमै राखेका थिए।

























