काठमाडौं । कराँते वान प्रिमियर लिगमा कांस्य पदक जितेर काठमाडौं आइपुगेकी कराँते खेलाडी एरिका गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै भव्य स्वागत गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामा, कोषाध्यक्ष कपशोर भट्टराईलगायत नेसनल कराँते टिमका सबै खेलाडीहरुले एयरपोर्ट पुगेर एरिकालाई स्वागत गरेका हुन् ।
मोरक्कोको रावतमा भएको प्रिमियर लिगमा एरिकाले फ्रेन्च खेलाडीलाई हराएर कांस्य जितेकी थिइन् ।

























