काठमाडौं । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ ।
गृहमन्त्री रमेश लेखकको राजीनामाको अडानबाट नेकपा माओवादी केन्द्र पछि नहटेपछि बैठकमा सहमति जुट्न नसकेको हो । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा करिब २ घण्टा बसेको बैठकमा संसद् खोल्न प्रतिपक्ष सहमत नभएपछि बैठक विना निष्कर्ष सकिएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।
बैठकमा सत्तापक्षले गृहमन्त्रीको राजीनामा होइन,संसद् खोल्न आग्रह गरेका थिए । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा सोमबार भएको बैठकमा संसदको गतिरोध कसरी हल गर्ने र अघि बढ्ने भन्ने विषयमा छलफल भएको थियो । बैठकमा नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखकको सहभागिता रहेको थियो ।
त्यसैगरी माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहालको समभागिता रहेको थियो । मङ्गलवारबाट संसद्मा बजेटमाथि छलफल गर्ने कार्यसूची छ ।

























