काठमाडौं । वैशाख २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । मंगलवार बसेको राष्ट्रिय सभाको बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सो जानकारी गराएका हुन् ।
सरकारले आगामी आर्थिक वर्ष २०८२\८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल नसकिएको र नीति तथा कार्यक्रममाथि सांसदहरुले सदनमा उठाएका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यक्रम राखिएको जानकारी दाहालले दिए ।
राष्ट्रिय सभाको अर्को बैठक वैशाख २८ गते आईतवार दिउँसो सवा १ बजे बस्नेछ ।