काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर गैरेले नेपालको संविधानले समेत नचिन्ने ‘श्री ५ज्ञानेन्द्र वीरविक्रम शाहदेव’ लेखेको भन्दै ज्ञानेन्द्र शाहलाई कारवाही गर्न माग गरेका छन् ।
आइतबार प्रतिनिधिसभामा बोल्दै सांसद गैरेले नेपालको संविधान र अहिलेको व्यवस्थामा ‘श्री ५’ कहाँ छ भन्ने प्रश्न गर्दै भने “हिजो अत्यन्त लज्जास्पाद र संविधान विपरितको एउटा वक्तव्य आयो, डा. फणिराज पाठक, संवाद सचिबका नामबाट प्रकाशित भएको वक्तव्यको हेडलाइनमा लेखिएको छ, ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवबाट बक्सेको समवेदना सन्देश । म सरकारको ध्यानाकर्षण गराउन चाहान्छु– नेपालको संविधान र आजको व्यवस्थामा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव भन्ने कहाँ छ ?”
संविधान र व्यवस्थाविपरित लेख्नेलेमाथि तत्काल कारबाही गर्नुपर्ने भन्दै सांसद गैरेले भने, “यो लेख्न कसरी सकिन्छ ? यो लेख्न कसरी सम्भव भयो ? यो पाइन्छ कि पाइँदैन । यो संसद्को सर्वोच्चता र कानुनी राज्यको उपहास गर्न पाइन्छ कि पाइँदैन ? त्यो गरेर यहाँ बस्न पाइन्छ कि पाइँदैन ? यो संवाद सचिव नाम रहेका फणिराज पाठक र यो समवेदना बक्सने ज्ञानेन्द्रवीर विक्रम शाहलाई नेपालको संविधान बमोजिम तत्काल कारबाही गरियोस् भन्ने कुरा म यो सदनमा ध्यानाकर्षण गराउन चाहान्छु ।”