काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रजुजी पन्तले पद तथा गोपनियताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति भनव शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराउनु भएको हो ।
एमालेबाट समानुपातिक सांसद पन्त वैशाख १० गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएका हुन् । यसअघिका शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि उनको स्थानमा पन्तलाई नियुक्त गरिएको हो ।
नवनियुक्त शिक्षामन्त्री पन्तको काँधमा तत्काल शिक्षक आन्दोलनलाई टुंग्याएर विद्यालय शिक्षा विधेयक अगाडि बढाउनुपर्ने जिम्मेवारी छ । शिक्षकहरूले शिक्षा ऐनको माग गर्दै शैक्षिक हड्ताल गरेर २३ दिनदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन् ।